काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक सकिने वित्तिकै सिधै देउवा निवास बुढानीलकण्ठ पुगे । देउवा निवासमा दाहालले झन्डै २५ मिनेट बिताए । ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ गठबन्धन बन्न सक्ने चर्चाबीच प्रचण्ड र देउवाबीच भेटघाट भएको छ।
उनीहरूबीच २० मिनेट कुराकानी भएको थियो । उनीहरुबीच के विषयमा कुराकानी भयो भन्नेबारे सार्वजनिक गरिएको छैन । यद्यपि सचिवालय बैठकको निर्णय लिएर बुढानीलकण्ठ पुगेको अनुमान धेरैले गरेका छन् । यता, नेपाल कम्युनिष्ट पार्टी एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग गृहकार्यका लागि कार्यदल गठन गरिसकेको छ । जसपालाई एमाले गठबन्धनमा जानबाट कसरी रोक्न सकिन्छ विषयमा छलफल भएको बताइन्छ ।
सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब बहुमत पुर्याउन अर्को दलका सांसद आवश्यक पर्छ।




