काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल अघि बढाउने निष्कर्ष निकालेको छ । संसदमा खेल्ने भूमिका र अब बन्ने सरकारबाट यी दुई दलसँग छलफल अघि बढाउने निर्णय मंगलबार बसेको स्थायी कमिटीले गरेको छ ।
मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने छ।
आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए।




