राजनीति

धुम्बाराहीमा नेकपा हटाएर एमालेको बोर्ड राखियो

काठमाडौं । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता खारेज गरेपछि दुवै पार्टी अलग अलग भएका छन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपां) को केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड लगाइएको छ ।

एमालेले देशभरका आफ्ना कार्यालयहरुमा पार्टीको बोर्ड राख्न निर्देशन दिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनु अगाडि धुम्बाराहीमा एमालेकै मुख्यालय थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *