रिबन

घरायसी झगडामा चार सन्तानसहित कर्णालीमा हामफालिन् आमा, दुई छोरीको शव फेला


काठमाडौं । दैलेखमा एक महिला ४ सन्तानसहित कर्णाली नदिमा हामफालेकी छिन् । सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।
हामफालेका मध्ये दुई छोरीको शव हात बाधेको अवस्थामा अछाम तर्फको कर्णाली नदिमा फेला परेको छ । उनीहरु आठविस नगगरपालिका–३ का स्थानीय सुकी बडुवालका १६ वर्षीय छोरी कल्पना बडुवाल र १२ वर्षकी सरिता बडुवाल रहेको प्रहरीले जनाएको छ। प्रहरीले सुकिको श्रीमान् मानसिंह बडुवाललाई पक्राउ गरेको छ । मानसिंहका अनुसार घरायसी झगडामा श्रीमति, तीन जना छोरी र एक छोरा सोमबार दिउँसो नै घरबाट निस्किएको थिए । उनी दिनहुँ मादकपद्धार्थ सेवन गर्ने हुँदा घरमा झगडा भइरहन्थ्यो ।
प्रहरीले आमा र अरु छोराछोरीको खोजी गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *