रिबन

अब नेकपाबाट निर्वाचितको हैसियत के हुने ?

आजको पत्रपत्रिकामा राजनितिकदेखि सामाजिक विषयकस्तुले स्थान पाएका छन् । नेकपा दाहाल-नेपाल समूहले अब माओवादी केन्द्र र नेकपा एमालेकोरुपमा अलग अलग यात्रा गर्ने खबरलाई सबैपत्रिले उच्च प्राथमिकताको साथ पहिलो पेजमा छापेको छन् ।
दाहाल–नेपाल ‘छोडपत्र’ शिर्षकमा अन्नपूर्ण लेख्छ, सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अस्तित्वमा आउने भएका छन्। साविक नेकपाको एक खेमामा लागेका माधवकुमार नेपाल पुष्पकमल दाहालको साथ छाडेर एमालेमै फर्किने भएका छन्। नेपालसँगको राजनीतिक ‘डिभोर्स’सँगै दाहालले माओवादी केन्द्रकै नेतृत्व गर्ने भएका छन्।
यो खबरलाई सबै पत्रिकाले छापेका छन् । नागरिक दैनिकले फेवातालको जमिनबारे चासो देखाएको छ । यसरी घट्यो फेवातालको १६०९ रोपनी
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ ले २०६९ सालमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गरेको थियो। तर पुण्यप्रसाद पौडेलको संयोजकत्वमा हालै गठित फेवाताल चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी कायम गर्‍यो। अहिले कायम गरिएको क्षेत्रफल लामिछाने प्रतिवेदनले कायम गरेको क्षेत्रफलभन्दा १ हजार ६ सय ९ रोपनी कम हो।
गोरखा पत्र दैनिकले नेकपाबाट निर्वाचितको हैसियत अब स्वतन्त्र हुने समाचारलाई प्राथमिकता दिएको छ । गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पद तल माथि हुँदैन, उपयुक्त निरुपण गरिन्छ । त्यसका लागि महान्यायाधिवक्ताको सुुझाव पनि लिन सकिन्छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *