रिबन

ओलीकै सहमतिमा सन्ध्या तिवारीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेको रहस्य खुल्यो

काठमाडौं । नेकपामा आन्तरिक संघर्ष बढेर जाँदा प्रधानमन्त्री केपी ओलीले सन्ध्या तिवारीलाई निर्वाचन आयोगमा एमाले दर्ता गर्न लगाएको आरोप प्रचण्ड–माधव नेपाल समूहले लगाएको थियो ।

सो कुराको रहस्य नेकपा उपाध्यक्ष वामदेव गौतमले गरेका थिए । महेश बस्नेतको अग्रसरतामा नेकपा एमाले दर्ता भएको खुलेको थियो ।

प्रचण्ड–माधव पक्षको यस्तो दाबीलाई ओलीले पूरै इन्कार गर्न सकेका थिएनन् । तिवारीको एमालेलाई निर्वाचन आयोगले उदाउँदो सूर्य चिन्ह दिएको थियो । नेकपा विभाजन हुने अवस्था आएमा नेकपा एमालेसँग एकता गरी उदाउँदो सूर्य लिएर ओली पक्ष चुनावमा जाने चर्चा भइरहेका बेला सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएपछि अहिले ओली पक्षलाई खुदो पल्टिएको छ । अब सूर्य चुनाव चिन्ह आफ्नै भएकोझैं गरी ओली पक्षका नेता खुसी भएका छन् ।

यसैबीच, नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारीले आफूहरू पूर्वएमाले समूहमा मिसिने बताएकी छन् । सर्वोच्च अदालतले आइतबार तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताउने गरी नेकपा ऋषिराम कट्टेललाई दिने फैसला गरेपछि प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै अब चाँडै पूर्वएमालेको बैठक बोलाउने घोषणा गरेका थिए ।

ओलीले त्यस्तो घोषणा गरेको भोलिपल्टै नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारीले पनि आफूले एमालेको दाबी नगर्ने र अदालतको फैसला स्वीकार्ने बताएकी छन् । एमाले र माओवादी एकता भएपछि नेकपा एमाले दर्ता गराएकी तिवारीले आफूले एमालेमा दाबी नगर्ने बताएकी हुन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा तिवारीले लेखेकी छन्, ‘समृद्ध नेपाल सुखी नेपालीका लागि जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मानी मुलुकको शान्ति, सुव्यवस्था र बिकासका लागि हाम्रो पार्टी सम्मानित अदालतले फैसलालाई सम्मान र आगामी दिनमा निर्वाचन आयोगको निर्देशनलाई स्विकार गरि अगाडि बढ्ने छौं,’ तिवारीले फेसबुकमा लेखेकी छन् ।
अदालतले एमाले र माओवादी ब्युँत्याइदिएपछि उनले जबज जिन्दावाद भन्दै केपी ओलीतिर मिल्ने प्रस्ट संकेत दिंदै जबज जिन्दावाद भनेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *