रिबन

नेकपा एकिकरणपछि निर्वाचित विद्यासहित अन्यकाे हैसियत अब के ?

आजका पत्रपत्रिकामा हिजो दिनभर भएको राजनितिक घटनाक्रमले पहिलो पेजमा स्थान पाएका छन् । पुनस्थापित प्रतिनिधि सभाको बैठक र त्यसअघि तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा खारेज गरेको सर्वोच्चको निर्णयबारे सबै पत्रिकामा प्राथमिकताको साथ छापिएका छन् ।
नागरिक दैनिकले एमाले र माओवादी मिलेर बनेको नेकपा बदर शिर्षकमा ब्यानर समाचार लेखेको छ । सर्वोच्च अदालतले झन्डै अढाई वर्षअघि साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकिकरण भएर बनेको नेकपालई बदर गरिदिएको छ ।

यो खबरलाई अन्नपूर्णले नेकपा कट्टेललाई, एकीकरण बदर शिर्षकमा पहिलो पृष्ठमा छापेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०लाई पूर्ववत् रूपमा जगाएको छ।
‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियमविपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुनबमोजिम आवश्यक निर्णय गर्नूरगराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेशसमेत जारी गरिदिएको छ’, सर्वोच्चको आदेशमा लेखिएको छ।
त्यस्तै नेकपा एकिकरणपछि सांसद् बनेकाहरुको अबको हैसियतबारे नागरिक दैनिकले चासो देखाएको छ । साबिककै राजनितिक दल ब्यूँताइएपछि राजनितिक जटिलता थपिएको अन्नपूर्ण लेख्छ । एकिकरणपछि जनप्रतिनिधि बनेकोहरुको हैसियत के भन्ने प्रश्न खडा भएको छ । प्रतिनिधि सभामा एक सांसद् राष्ट्रिय सभामा १६ जना सांसद् निर्वाचित भएका छन् ।
त्यस्तै पहिलो दिन नै संसद् बैठक प्रभावित शिर्षकमा नागरिक दैनिकले पहिलो पृष्ठमा खबर छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *