काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली उनको निवास भैंसेपाटी पुगेका बताइएको छ ।
ओली भैंसेपाटीमै रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाका अनुसार घरभित्रै सामान्य चोट लागेपछि घरमै आराम गरिरहेका गौतमलाई भेट्न ओली आफैँ भैसेपाटी गएका हुन् । संसद विघटनसँगै दुई समुहमा विभाजित नेकपाको एकताका लागि गौतमले अभियान चलाइरहेका छन्।




