काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव दुई वर्षको भूमिगत राजनीतिक जीवनपछि पहिलोपटक सावर्जनिक भएका छन् । उनी नवलपरासीमा शुक्रबार बिहान सार्वजनिक भएका हुन् ।
सरकारसँगको वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवले आज राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीसँग एउटै मञ्चमा सम्बोधन गर्दैछन् ।
विप्लव नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरी काठमाडौं आउँदैछन् । सरकारले उनलाई हेलिकोप्टरमा आउन आग्रह गरेको थियो । तर, उनी गाडीमार्फत आउँदैछन् । हेलिकोप्टरमा असुरक्षित भएको भन्दै उनी गाडीमा आउन लागेका हुन् ।
सरकार र नेकपाबीच बिहीबार तीनबुँदे सहमति भएको थियो । बिहीबार नै सरकारले नेकपामाथि लागेको प्रतिबन्ध फुकुवा गरेको थियो ।




