राजनीति

ओलीविरुद्ध दाहाल–नेपालले ल्याउने अविश्वास प्रस्तावमा कांग्रेस र जसपाको साथ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले ल्याउने भनिएको अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को ठूलो दल जनता समाजवादी पार्टीले साथ दिने नेता सुरेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै प्राकृतिक, न्यायोचित र सही हुन्छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आफूहरुलाई नै साथ दिने बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले भने, ‘हिजो प्रतिगमनकारी कदमविरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै प्राकृति हुन्छ, त्यो न्यायोचित र सही हुन्छ, त्यसतर्फ नै बेस जान्छ होला भन्ने मलाई लाग्छ।’

उनले भने, ‘उहाँहरु अर्को बाटोमा लाग्न सक्नुहुन्न, कि त प्रतिगनको मतियार हुनुपर्यो, हिजो अस्ति उहाँहरुले के भन्नुभएको छ ?, यो ओली जीको कदम प्रतिगामी कदम हो भन्नुभएको भनेर, विभिन्न रुपले जुलुस आनदोलनमा सहभागी हुनुभएको छ ।, अदालतले प्रतिगामी हो भनेर ठहर गरिसकेको छ ।

यो स्थितिमा प्रतिगमनकारीसँग मतियारी गरेर जानुहुन्छ भने त प्रतिगमनका मतियारी हुने स्थिति हुन्छ ।’ उनले भने, “त्यसकारण उहाँहरुले यो गल्ति गर्नु हुने छैन । इतिहासको ठूलो भुलबाट जोगिने हो भने, उहाँहरु त्यो बाटोमा लाग्नु हुन्न ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *