रिबन

विप्लपसँग वार्ता गर्न समिति गठन सकारात्मकः कांग्रेस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बिप्लप) सँग वार्ता गर्न सरकारले गठन गरेको वार्ता समिति सकरात्मक रहेको कांग्रेसले निष्कर्ष निकालेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह छ ।’

विज्ञीतमा भनिएको छ, ‘नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको छ । सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *