आजका पत्रपत्रिकामा प्रधाननमन्त्री केपी शर्मा ओलीले आफुलाई सुरक्षा थ्रेट भएको भनेर गरेका भाषणले मुख्य स्थान पाएका छन् । सबै पत्रपत्रिकाले पहिलो पृष्ठमा यस समाचारलाई स्थान दिएका छन् ।
नागरिक दैनिकले प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ः राजनीतिक चालबाजी कि साँच्चिकै हो शिर्षकमा लेख्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दोहोर्याउँदै आएका छन्। उनले कार्यकर्तामाझ लगातार सुरक्षा थ्रेट भएको बताएपछि मुलुकको प्रधानमन्त्री नै असुरक्षित हुने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ। दुई सयभन्दा बढी सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री कसरी असुरक्षित भए भन्ने प्रश्न उठेको छ।
प्रधानमन्त्री ओलीले सोमबार आफूमाथि शारीरिक हमला हुनसक्ने बताए।
यो समाचारलाई अन्नपूर्ण पोस्ट्ले लेख्छ, म माथी हमला हुन सक्छ शिर्षकमा लेखेको छ । प्रधानमन्त्रीले आफू नरहेपनि आन्दोलन र पार्टीले प्रतिक्रियावादी तत्व र त्यसका मतियारलाई घुडा टेकाइसकेको बताएका छन् । अन्नपूर्ण पोस्ट्ले आर्थिक समाचारलाई मुख्य खबर बनाएको छ ।
बढ्यो आर्थिक गतिविधि शिर्षकमा कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ। बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको हो। वित्तीय स्रोत ९पुँजी०को उपयोगका आधारमा पनि आर्थिक गतिविधिलाई मापन गर्ने गरिन्छ। वित्तीय आँकडाले औद्योगिक क्रियाकलाप र नागरिकको किनमेल बढ्न थालेको देखाएका छन्।
गोरखापत्र दैनिकले यहि समाचारलाई बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो शिर्षकमा छापेको छ । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुगेको छ ।




