रिबन

प्रधानमन्त्री ओलीले किन भने आफूमाथि शारीरिक हमला हुन सक्छ भनेर ?

काठमाडौं । विभिन्न जिल्लामा गएर विभिन्न अभिव्यक्ति दिने प्रधानमन्त्री केपी ओलीले सोमबार आफूमाथि शारीरिक हमला पनि हुनसक्ने भनेर दाबी गरेका छन् ।

पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यतिबेला आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए ।

‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला । म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

उनले भाषणका क्रममा कोबाट आफू असुरक्षित रहेको बताउन चाहेनन् । ठाउँ र परिस्थितिअनुसार भाषण गर्न ओली खप्पिस छन् । त्यही भएर अहिले विरोधी पक्षलाई कमजोर तुल्याउन र आफूतिर पब्लिक सेन्टिमेन्ट तान्न पनि ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने नियोजित प्रचार गरेको बुझिएको छ ।

केही समययता प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा मञ्च परै बनाइएको हुन्छ । विगतमा नजिकै मास राख्ने गरिन्थ्यो । तर, अहिले प्रधानमन्त्री ओली छेउछाउ कसैलाई पनि जान दिइँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *