काठमाडौ । प्रधानमन्त्री केपी ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् ।
आइतबार झापामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री पदबाट आफूलाई हटाउन चुनौती दिएका हुन् ।
उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चबाट बदर भए पनि आफूलाई कुनै फरक नपरेको दाबी पनि गरे ।
ओलीले यसअघि पनि अविश्वासको प्रस्ताव आएको, तर जनतामा गएर बहुमत ल्याएको भन्दै अब दुई तिहाइ ल्याउने दाबी गरे ।
उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चबाट बदर भए पनि आफूलाई कुनै फरक नपरेको दाबी गरे ।
प्रचण्ड–नेपाल पक्षको ध्यान नै पैसा, पद र परिवारबाहेक केहीमा नभएको टिप्पणी गरे । ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएपछि लड्डु खाँदै माधव नेपालले हिन्दीमा कसलाई फोन गरेको भनि प्रश्न गरे । ओलीले नेपाल र दाहाललाई ‘मिस्टर हेल्लो’ र ‘मिस्टर कम्फर्टेबल’ को संज्ञा दिए ।




