काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक पदबाट देव गुरुङलाई हटाएका छन् । उनको ठाउँमा विशाल भट्टराई नियुक्त गरिएको छ ।
प्रतिनिधिसभा बैठक आह्वान गर्नुअघि ओलीले दाहाल–नेपाल समूहका गुरुङलाई हटाएका हुन् । प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहका गुरुङलाई हटाएर आफू अनुकूलका भट्टराईलाई प्रमुख सचेतक बनाएका हुन् ।




