मुख्य समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै, अवस्था गम्भीर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई मस्तिस्कघात भएको छ । पूर्वमन्त्री समेत रहेका जोशीको मस्तिस्क घात भएको पारिवारिक स्रोतले जनाएको छ ।


बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो । यसअघि पनि विर अस्पतालमै उपचार गराउँदै आएका जोशीलाई त्यहाँबाट आज विहान नर्भिक अस्पताल लगेर भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार जोशीको अवस्था गम्भिर रहेको र शल्यक्रियाको तयारी भईरहेको बताइएको छ ।

यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक संजालमार्फत जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *