रिबन

प्रतिनिधिसभा पुनःस्थापना भएपछि बागमती र प्रदेश १ का मुख्यमन्त्री दंग

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना भएपछि सबैभन्दा खुसी कोही भएको छ भने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हुन् ।

नेकपाको आन्तरिक किचलोले पौडेल र राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश १ संसदमा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल सुरु भएको छ । तर, नेकपा ओली समूहले बैठक बहिष्कार गरेकाले फागुन २० गतेसम्म रोकिएको छ ।

यता, बागमती प्रदेश सभा भने राष्ट्रपति र प्रधानमन्त्रीको दबाबका कारण बस्न दिइएको छैन । सूचना टाँस गर्दै बैठक स्थगित गर्ने रणनीतिमा ओली समूह लागेको छ । यसबीचमै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि मुख्यमन्त्री राई र पौडेल खुसी देखिएका हुन् ।
कानुनी रूपमा अझै पनि नेकपा विभाजन भइसकेको छैन । जबसम्म नेकपा विभाजन हुँदैन, तबसम्म संसदीय दलका नेत र पार्टी अध्यक्षको निर्णय आधिकारिक हुन्छ ।

नेकपाको अध्यक्ष अहिले पनि केपी ओली र प्रचण्ड नै हुन् । यदि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी विभाजन नभएसम्म प्रदेश मुख्यमन्त्री पौडेल र राईको पद जोगिने भएको छ । त्यसअघि अविश्वासको प्रस्तावमाथि छलफल भई निर्णयमा पुग्न पनि कानुनी समस्या देखिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *