समाचार

कांग्रेसलाई प्रधानमन्त्री नदिन भन्दै प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

काठमाडौं । पार्टी विभाजनपछि कतैपनि नखुलेका वामदेव गौतम एकाएक खुमलटार पुगेका छन् । पार्टी एकता अभियान चलाएर कुनै गुटमा नखुलेका बामदेव गौतम नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न एकाबिहानै खुमलटार पुगेका हुन् ।

प्रतिनिधिसभा विघटनपछि पार्टी एकताका लागि भन्दै उपाध्यक्ष गौतम कुनै पनि गुटमा सक्रिय भएनन । उनकै नेतत्वमा पार्टी एकता अभियान सञ्चालन गरेर बसे ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि गौतम पहिलोपटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि उनले प्रचण्डसित भेटेका हुन् । नेता गौतम बिहान ७ बजेअघि नै खुमलटार पुगेका थिए । करिब आधा घण्टा प्रचण्डसित कुराकानी गरेर उनी बाहिरिएको स्रोतले बताएको छ ।

पार्टी एकताको विकल्प नभएकाले नेताहरुले पार्टी एकताका लागि पहल गर्नुपर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ । यद्यपि गौतम निकटका नेताहरुले यो विषयमा बोल्न चाहेका छैनन् । गौतमले संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी ओली तत्काल राजिनामा मागेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *