रिबन

अलमलमा सभापति देउवाः कोसँग सत्ता साझेदारी गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छोड्दा राम्रो हुने बताएका छन् । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको विचार गोष्ठीमा सभापति देउवाले सर्वोच्च अदालतले फैसला सुनाइसकेकोले ओलीले पद छोड्दा उपयुक्त हुने बताएका हुन् ।

“उहाँहरु दुई समुहमा विभाजित हुनुहुन्छ तर, कानुनी रुपमा एउटै पार्टी छ । कसरी उहाँहरुसँग सत्ता साझेदारीका विषयमा सहमति गर्ने ?”

‘अदालतको निर्णयपछि ओलीजीले संसदमा कि त बहुमत पुर्‍याउनु पर्‍यो होइन भने त छोड्दा राम्रो हुन्छ। तर उहाँलाई यसो गर उसो गर हामीले भन्ने होइन। उहाँको पार्टीको कुरा हो’ देउवाले भने ।

कार्यक्रममा सभापति देउवाले भने, “माधव–प्रचण्डसँग आज कुरा भयो तर मैले उहाँहरुलाई केही प्रतिबद्धता जनाउन सकिनँ ।” उनले प्रतिबद्धता जनाउने अवस्था राजनीतिक रुपमा नभएको बताए । “नेकपा फुटोस् भन्ने हाम्रो चाहना होइन । एउटा लोकतन्त्रिक पार्टीले अर्को पार्टी फुटोस् भनेर हामी चाहँदैनौ र कसैले पनि त्यस्तो चाहना राख्नु हुँदैन,” देउवाले प्रश्न गरे, “उहाँहरु दुई समुहमा विभाजित हुनुहुन्छ तर, कानुनी रुपमा एउटै पार्टी छ । कसरी उहाँहरुसँग सत्ता साझेदारीका विषयमा सहमति गर्ने ?”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *