रिबन

दाहाल–नेपाल नेकपा संसदीय दलको बैठक अनौपचारिक

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) समूहको संसदीय दल अनौपचारिकमा सीमित भएको छ । धेरै सांसदहरु काठमाडौं बाहिर भएका कारण सबैको उपस्थिति हुन नसकेपछि बैठकलाई अनौपचारिक भनिएको हो । सबै सांसदहरुको उपस्थिति भएपछि संसदीय दलको औपचारिक बैठक बस्ने बताइएको छ ।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले विकसित नयाँ राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सांसदहरुलाई जानकारी गराएका थिए ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताए । उनले ओलीतर्फ गएका सांसदहरु फर्किन चाहेको बताएका थिए । अध्यक्ष नेपालले ओली पक्षमा भएका सांसदहरुलाई ल्याउनका लागि थप पहल गर्न समेत आग्रह गरेका छन् ।

सरकारले प्रतिनिधि सभा विघटन गरेकै दिन प्रचण्ड–नेपाल पक्षका ९० जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री ओली विरुद्ध संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये केही सांसदहरु ओली पक्षमा लागेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *