रिबन

सभापति देउवासँग सहकार्य गर्न दाहाल नेपालको प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुधबार अपरान्ह बुढानीलकण्ठ पुगेका थिए । भेटमा दाहाल–नेपालले सभापति देउवासँग नयाँ सरकार गठनमा सहकार्य गर्न प्रस्ताव राखेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

दाहाल–नेपालले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि सिर्जित नयाँ राजनीतिक अवस्थामा मिलेर जानुपर्ने प्रस्ताव राखेको बुझिएको छ । देउवासँग प्रतिनिधिसभा पुनर्स्थापना भएपछि कसरी जाने भन्ने विषयमा छलफल भएको हो,’ कांग्रेस एक केन्द्रीय सदस्यले भने, ‘दाहाल–नेपालले मिलेर जान प्रस्ताव गरे, सभापति देउवाले आफ्नो दलभित्र सल्लाह गरेर केही दिनमा फेरि बैठक बस्ने कुरा राख्नुभयो ।’

छलफलका लागि आफ्नो निवासमा आएका प्रचण्ड र नेपाललाई देउवाले ‘तपाईहरुले भनेको कुरा ठीक छ, यस बारेमा म पार्टीभित्र छलफल र सरसल्लाह गर्छु’ भन्ने जवाफ दिएका थिए। देउवा, दाहाल र नेपालबीच झण्डै आधा घण्टा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जनाकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *