राजनीति

नेकपा ओली समूहले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न (नेकपा) ओली पक्षले आफूपक्षीय स्थायी समिति बैठक बोलाएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने भनिएको छ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले बताए ।

अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओली नैतिक संकटमा परेकाले ओली पक्षीय नेताहरु रक्षात्मक अवस्थामा पुगेका छन् । उनीहरूमध्ये धेरैले ओलीलाई अब पनि पदबाट राजीनामा नदिन सुझाव दिइरहेका छन् ।

प्रतिनिधिसभा बैठक चाँडै बोलाइएकाले अविश्वासको प्रस्ताव फेस गर्न ओलीलाई सुझाव दिइएको छ । अझै पनि राजनीतिक सम्भावनाको खेल बाँकी रहेकाले जे पनि हुन सक्ने ओली पक्षका नेताहरुको बुझाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *