राजनीति

सर्वोच्चको फैसलाप्रति कांग्रेस बोल्यो– अधिनायकवाद पराजित

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेर अधिनायकवादलाई पराजित गरेको नेपाली कांग्रेसले बताएको छ । संविधान रक्षाका सम्बन्धमा सर्वोच्चले ऐतिहासिक कदम चालेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

सर्वोच्चले मंगलबार अपरान्ह प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेको छ। ‘प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने ठहर कांग्रेसको थियो। सर्वोच्चले जे फैसला गर्छ त्यसलाई शीरोधार्छ गर्छौं भनेका थियौं, प्रवक्ता शर्माले भने, ‘सर्वोच्चले नेपालको संविधान रक्षाका लागि ऐतिहासिक फैसला सुनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *