रिबन

प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च

आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । नागरिक दैनिकले प्रधानमन्त्री कार्यलयको सजवाटको हिसाब निकालेको छ भने अन्नपूर्ण पोस्ट्ले मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भर्न सुरु गरेको बारे खबर छापेको छ ।
प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च शिर्षकमा प्रमुख खबर छापेको छ । सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन ९प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय० सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड रूपैयाँ खर्च गरेको हो। यो मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको रकम हो।

मेलम्चीमा ‘आस पलायो’ शिर्षकमा अन्नपूर्ण पोस्ट्ले समाचार लेखेको छ । मेलम्ची खानेपानी आयोजनाले दोस्रो पटक सुरुङ परीक्षण थालेको छ। आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना। त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ।
घोषणाको २५ वर्षपछि शिलान्यास शिर्षकमा अर्को समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सरकारले कञ्चनपुरको वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा ९२०५२ सालमा० गरेको २५ वर्षपछि काम अघि बढेको हो। निर्माण प्रक्रिया भने स्थानीय तह निर्वाचनपछि अघि बढाइएको थियो।

९ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा साना, मझौला र ठूला उत्पादनमुखी गरी १ सय २२ भन्दा बढी उद्योग स्थापना हुनेछन्। सरकारले खानेपानी, बिजुली सहुलियत दरमा उपलब्ध गराउनेछ। उत्पादनमूलक उद्योगबाट पाँच वर्षसम्म जग्गाको भाडा लिइनेछैन। डाक्टरीमा सकियो कागजी युग शिर्षकमा अन्नपूर्ण पोस्टुले पहिलो पृष्ठमा समाचार छापेको छ । नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थालेको छ। कागजमा परीक्षा लिने पद्धति फेर्दैे झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो।
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरिएकोबारे मुख्य खबर राजधानी दैनिकले पनि छापेको छ ।
त्यस्तै विप्लव समूहका नेता धमेन्द्र बास्तोला छुटे लगत्तै पक्राउ परेको खबरलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *