काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले ६८ जिल्लाको नेतृत्व टुंगो लगाएको छ। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले भागबन्डाका आधारमा जिल्ला नेतृत्व टुंगो लगाएको हो।
प्रतिनिधिसभा विघटन भएसँगै विभाजित भएको नेकपाको संस्थापन समूहले पार्टी एकताका बाँकी काम टुंगो लगाउन नयाँ मापदण्ड बनाएको थियो।
नयाँ मापदण्डअनुसार जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो। नेकपाले बराबरी हैसियतमा संगठनात्मक एकताको काम टुंगो लगाउने गरी मापदण्ड निर्धारण गरेको थियो।
भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ। इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव हुने गरी पदाधिकारी हुने भएका छन्। गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन।




