आज पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । नागरिक दैनिकले हत्या मुद्धामा जेल बसेकालाई आममाफि दिइएकोमा पीडित परिवारको प्रश्नबारे मुख्य खबर बनाएको छ भने अन्नपूर्ण पोस्ट्ले बालिका आफन्तबाटै असुरक्षित भएकोबारे प्राथमिकताको साथ पहिलो पृष्ठमा समाचार छ ।
राजधानी दैनिकले सरकार र विप्लव समूहबीच गोप्य वार्ता भएको बारे फ्रन्ट पेजमा समाचार छापेको छ ।
सरकार–विप्लवबीच भित्रभित्रै वार्ता, पत्र आदानप्रदान, सरप्राइजको तयारी शिर्षकमा राजधानी दैनिक लेख्छ, सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ।
त्यस्तै राष्ट्रपति ज्यू हत्यारालाई उन्मुक्ति दिन मिल्छ र ? शिर्षकमा नागरिक दैनिकले खबर छापेको छ । ‘मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो रु आफ्नो पार्टी फुट्यो कार्यकर्ता कम भए भनेर हत्यारा प्रमाणित भइसकेका व्यक्तिहरुलाई जेलबाट निकाल्नेरु यो देशमा न्याय कानुन केही छैन रु के अव म पनि मेरो श्रीमानको हत्यारालाई मारेर जेल जाउँ, अनी म आवद्ध पार्टीको सरकार बन्यो भने आम माफी लिएर फर्किउ ? छातीमा हात राखेर सोच्नुस त तपाइहरुलाई स्वीकार्य हुन्छ रु मान्छे मारेपछि त्यसको सजाय भोग्नु पर्दैन रु दुइ दुइ जनाको हत्या गर्ने हत्यारालाई उन्मुक्ति दिएर अपराधिक मनोवृत्तिलाई प्रसय दिन मिल्छ राष्ट्रप्रमुखले ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।
उता अन्नपूणै पा्स्ट्ले आफन्तकै छैन भर शिर्षकमा समाचार छापेको छ ।
समाचारमा ७४र ७५ सालदेखिको तथ्यांक छ । ०७४र७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए। तीमध्ये १ हजार २ सय ९० वटामा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ। ३ सय ८४ वटामा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए। ०७५र७६ मा २ हजार ५ सय ७० वटा घटना भए। तीमध्ये २ हजार ७३ वटामा चिनेजानेकै र ५ सय ३२ वटा बाहिरका व्यक्तिको संलग्नता भेटियो। ०७६र७७ मा २ हजार ४ सय ४९ वटा घटना भए। प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटामा चिनजानकै व्यक्तिको संलग्नता पाइयो। बाँकी घटना चिनजान नभएका व्यक्तिले गराएको प्रवक्ता कुँवरको भनाइ छ।




