रिबन

प्रदेश सभा भंग गरे कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडाैं । आजका पत्रपत्रिकामा विभिन्न विषयवस्तुलाई प्राथमिकताको साथमा छापेका छन् ।
प्रायसबै जसो पत्रिकामा ओलीले विराटनगरमा गरेको भाषणलाई प्राथमिकता दिएर छापेका छन्।
चुनाव हामीले नै जित्नुपर्छ शिर्षकमा नागरिक दैनिकले समाचार छापेको छ ।नेकपा ओली समूहले प्रतिनिधिसभा निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ। विराटनगरमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायतका नेताले निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका हुन्। सभालाई सम्बोधन गर्दै ओलीले निर्वाचन तोकिएकै मितिमा हुने र आफूहरूकै जित हुने दाबी गरे।
त्यस्तै प्रदेश सभा भंग गरे कडा प्रतिवाद गर्ने चेतावनी नेकपा दाहाल न-पाल पक्षका स्थायी कमिटि सदस्य भीम आर्चायले गरेको खबरलाई पनि नागरिकले पहिलो पेजमा छापेको छ ।

अन्नपूर्ण पोस्ट्ले विप्लव वार्ताको लागि तयार भएको खबर छापेको छ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको छ। यससँगै सरकार र उक्त पार्टीबीच औपचारिक वार्ताको ढोका खुल्ने देखिएको छ। विप्लव स्वयंले शनिबार प्रेस विज्ञप्तिमार्फत ‘आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा’ सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएका हुन्। यो खबर सबै पत्रिकामा महत्वका साथ स्थान पाएका छन् । अन्नपूर्णले ओलीको विराटनगरको भाषणलाई पनि पहिलो पेजमा स्थान दिएको छ ।
आज भारतबाट १० लाख डोज खोप आउँदै शिर्षकमा गोरखापत्र दैनिकले समाचार छापेको छ । यो खबर सबै पत्रिकामा छापिएका छन् । गोरखापत्रले सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा राख्न माग गरेको खबरलाई पनि प्राथमिकता दिएर छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *