रिबन

चुनावको तयारीमा जुट्न सभापति देउवाको निर्देशन (फोटोफिचर)

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले व्यावस्थापिका संसद्को चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन्, सभापति देउवाले भने, ‘कम्युनिष्टहरु भित्रभित्रै चुनावको तयारीमा लागिसके कांग्रेसले चुनावको तयारीमा ढिलो गर्नु हुँदैन ।’

नेपाली काँग्रेस नुवाकोटको पार्टी कार्यालय (वीपी स्मृति भवन) को विदुरमा शुक्रबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो नम्बर बनाउन प्रचार अभियानमा लाग्न आग्रह गरे ।

तोकिएको मितिमा चुनाव हुनेमा आशावादी भएर प्रचार अभियानमा लाग्नु होस् भन्दै उनले चुनाव हुन्न भन्ने भ्रमतर्फ नलाग्नको लागि पनि कार्यकर्तालाई सचेत गराएका छन् । उनले तोकिएको समयमा चुनाव हुनुपर्छ र यदि नभएमा प्रधामन्त्री ओलीलाई समातेर भए पनि चुनाव गराउनको लागि काँग्रेसले दबाब दिनुपर्ने भएकाले अबको काग्रेसको अभियान भनेको चुनाव केन्द्रित भएकाले उनले चुनाव भएरै छाड्ने बताए ।

संसद् पुर्नस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुने भएकाले त्यसमा बोल्न नहुने सभापति देउवाले बताए । उनले अहिले नेपाल कम्युनिष्ट पार्टीमा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद्मा लागेको भन्दै उनीहरुलाई त्यतै अलमलिन दिएर काँग्रेस भने तीन वषको अवधिमा कम्युनिष्ट सरकारले गरेका नराम्रा काम र काँग्रेसले खेलेको प्रभावकारी भूमिकाको बारेमा प्रचार जगाउनतर्फ लाग्न सुझाब दिए ।

उनले कम्युनिष्ट सरकार आएमा रुन र हास्न पाइन्न भनेर आफूले भनेको स्मरण गराउदै केही दिनअघिसम्म त्यस्तै अबस्था रहे पनि अहिले भने नेकपाको अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बोल्ने सक्ने भएकाले नेकपाको अर्का अध्यक्ष अथवा फरक गुटका नेता पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध भने अझै डराइरहेकाले उनीविरुद्ध पनि बोल्न र टिप्पणी गर्नसक्ने हुनको लागि कार्यकर्तासहित आम नागरिकलाई आह्वान गरे ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटन सम्बन्धि सडकमा बहस नगर्न सचेत गराउदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताउनुभएको छ । संबिधानको बारेमा सबैले ब्याख्या गर्दै आएको प्रति कटाक्ष गर्दै उहाँले त्यसको अन्तिम फैसला र कार्यान्वयन गर्ने निकाय अदालत भएकाले अदालतले गर्ने फैसला स्वागत गरिने बताउनुसभएको हो ।

कार्यक्रममा काँग्रेसका नेता प्रकाशमान सिंहले संसद् विघटनको प्रजातन्त्र माथीको आक्रमण भएको टिप्पणी गर्नुभएको छ । उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले राजनीतिक कदम भनेर संसद् विघटनको बचाउ गरकोे भन्दै काँग्रेस नेतृत्वले लोकतान्त्रिक संबिधान निर्माण गरेपनि कार्यान्वयनको क्रममा कम्युनिष्ट सरकारले संसद् विघटन गरेर रक्षा गर्न चुकेकाले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउछ भन्नेमा आशावादी हुनुपर्छ बताउनुभएको हो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यहरु अजुर्ननरसिंह केसी, डा.रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदिप पौडेल, बहादुरसिंह लामा–तामाङलगायतका वक्ताहरुले वर्तमान सरकारको टिप्पणी गर्दै अहिले भ्रष्टाचार बृद्धि भएको, सुशासन गुम्दै गएको तथा मुलुकमा अराजकता बढिरहेको टिप्पणी गरेका थिए । संबिधानको रक्षाको लागि एकमात्र शक्ति काँग्रेस भएको उनले दाबी गरे ।

१९ वर्ष अघि अर्थात २०५८ मा विपी स्मृति भवनको नाममा शिलान्यास भएको पार्टी कार्यालय करिब .चार करोड लगानीमा निर्माण गरिएको भवनको आज शुक्रबार उद्घाटन गरिएको हो । नयाँ बनेको भवनमा रहेको गणेशमान स्मृति सभाकक्ष, डिजिटल बोर्ड लगायतको पनि आजै उद्घाटन गरिएको काँग्रेस जिल्ला सभापति जदगिश्वरनरसिंह केसीले जानकारी दिए ।
– नुवाकोटबाट रामहरि न्यौपानेको रिर्पोट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *