काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुखबाट तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरेर झालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बकमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयबाट प्रवक्ता जग्गनाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नवनियुक्त झा रौतहटका हुन । राजेश अहिराज उपनामले चिनिएका उनले मधेश आन्दोलन विषयमा पिएचडी गरेका छन् । सञ्चारकर्मीसमेत रहेका राजेश युवामाँझ लोकप्रिय मानिन्छन् ।परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधानसभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए।





