रिबन

निर्वाचन आयोगलाई दबाब दिन प्रचण्ड–माधव समूह नागरिकता जुटाउँदै केन्द्रीय सदस्यसँग

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी विवाद चाँडै टुंग्याउन निर्वाचन आयोगलाई दबाब दिने भएको छ । त्यसका लागि सो समूहले आज केन्द्रीय सदस्यलाई नागरिकतासहित बोलाएको छ ।

यसअघि प्रचण्ड–माधव समूहले शुक्रबार बिहान स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा आन्दोलनको समीक्षा गरिने बताइएको छ ।
निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारी गरेको हो ।

आयोगले आधिकारिकता दिन आलटाल गरेपछि बहुमतसिद्ध गर्न खोजिएको हो । सो समूहले सकभर ओली समूहलाई पार्टीको आधिकारिकता दिने, नभए चुनाव चिन्ह र पार्टीको नाम फ्रिज गर्ने नीति अख्तियार गरेको प्रचण्ड–माधव समूहका नेताले आशंका गरेका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको कदम उठाएपछि सत्तारूढ पार्टी नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ । चौथो चरणको आन्दोलन गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *