आजका पत्रपत्रिकामा बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न आरोपमा दिनेश भट्टलाई सार्वजानिक गरेकोबारे सबै पत्रिकामा समाचार छ ।
अन्नपूर्ण पोस्ट्ले ‘भाइ पर्नेबाट भागरथीको हत्या’ शिर्षकमा मुख्य खबर छापेको छ । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपित दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । उनी भागरथीको नातामा भाई पर्ने व्यक्ति हुन् ।
यी खबर अन्य पत्रिकामा पनि छ ।
नागरिक दैनिकले एमीकस क्युरीको सदस्यबीच राय बाझिएको खबर छापेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइमा सहभागी एमिकस क्युरी ९अदालतका सहयोगी० का दुई सदस्यले बुधबार बहसमा भाग लिँदै फरक–फरक धारणा व्यक्त गरेका छन् । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले विघटन गर्न नपाइने तर्क गरे भने अर्का वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले विघटन प्रधानमन्त्रीको अधिकार भएको दाबी गरे ।
नेकपा विवादः पाँच विकल्पमा छलफल गर्दै आयोग शिर्षकमा नागरिक दैनिकको अर्कोे समाचार छ । प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच देखिएको पार्टी आधिकारिकता विवाद झनै पेचिलो बन्दै गएपछि आयोगले विभिन्न पाँच विकल्पमा छलफल थालेको एक आयुक्तले बताए ।
राजधानी दैनिकले पनि भागरथीकोे हत्यारा सार्वजानिक गरेकोबारे समाचार छ । भने डाक्टरको परामर्श शुल्क बढ्दा बिरामी मर्कामा परेको अर्को खबर छ ।
नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले पुनरावलोकन भएको चिकित्सकीय परामर्श शुल्क लिन आग्रह गरेका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत बिरामीमार्फत पहिलेकोभन्दा केही शुल्क बढी लिनेछन् । चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० रुपैयाँदेखि अधिकतम ८ सय २५ रुपैयाँसम्म शुल्क लिनेछन् ।
ताजा समाचार




