रिबन

के भन्छन् भागरथी भट्टको हत्यामा संलग्न भनिएका किशोर ?

काठमाडौं । बैतडीको दोगदाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आफूले गरेको भनेर दिनेश भट्टले प्रहरीसमक्ष साविती बयान दिएका छन् । भागरथीको हत्या भएको १३ दिनमा प्रहरीले अनुसन्धान सकाएको हो ।

नातामा आफन्त पर्ने दिनेशले किन भागरथीको हत्या गरे भन्ने अझै खुलेको छैन । यद्यपि उनले परिवारको पुरानो रिस फेर्न घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले भागरथीको हत्यामा दिनेश एक्लै संलग्न रहेको भेटाएपछि आज दिउँसो २ बजे उनलाई सार्वजनिक गर्दैछ ।

तर, १६ वर्ष पुग्न २० दिन बाँकी भएको एउटा नाबालकले कसरी निर्मम हत्या गर्यो होला ? भन्ने विषयले सबैमा चिन्ता छाएको छ । दिनेशले मंगलबार राति प्रहरीसँगको साविती बयानमा आफूले खोल्सोमा धकेलेर लडाएको र घाँटी थिचेर हत्या गरेको बताएका छन् ।

तर, भागरथीको पोस्टमार्टम रिपोर्टमा उनको यौनांगबाट रगत बगेको तथा छातीमा दाँतले टोकेको दाग रहेको प्रहरीले जनाएको छ । यस विषयमा दिनेशले अझै केही पनि नबोलेकाले प्रहरीले थप अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।

दिनेशले प्रहरीसँग दिएको साविती बयानमा यस्तो भनेका छन्–
म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आएँ । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटें र म फटाफट ती भन्दा अगाडि घरतिर लागें ।
घटनास्थल भएको स्थानमा म भागरथीभन्दा अगाडि नै पुगिसकेको थिएँ । केही बेरमा भागरथी आइन्। उनले पुग्नेवित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाएँ । उ लडी र घाइते भइ । अनि मैले घाँटी थिचेर मारिदिएँ । त्यसपछि म घर हिँडे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *