रिबन

भागीरथी प्रकरणः हत्यारा आफैं न्यायका लागि भएको प्रदर्शन गए, स्कूल नियमित गइरहे

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका ७ का एक युवा रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवा भागीरथी पढ्ने स्कूलमै कक्षा ११ मा पढ्ने छात्र दिनेश भट्ट हुन । उनी भागीरथीका आफन्त पनि हुन् ।

पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।” भनी उनले प्रहरी समक्ष साविति वयान दिएका छन् । उनले आफूले फुपुको बदला लिन हत्या गरेको बताएको प्रहरी स्रोत बताउँछ । हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दिनेशले बताएका छन् ।

भागीरथीको हत्या गरेपछि पनि उनी नियमित स्कूल गएका थिए । भने हत्यारा पत्ता लगाउन स्थानीयले गरेको विरोध प्रदर्शनमा समेत सामेल भएका थिए ।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो । भोलिपल्ट उनको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *