रिबन

भागीरथी हत्या प्रकरणः कक्षा ११ पढ्ने एक जना छात्र पक्राउ

बैतडी । बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका(७ का एक युवा रहेको प्रहरीले जनाएको छ।
उनी भागीरथी पढ्ने स्कूलमै कक्षा ११ मा पढ्ने छात्र हुन ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उनले आरोप कबुल गरेका छन् । ‘बदला लिन हत्या गरे भन्छन् । ‘हामी पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्दैछौं।’ प्रवक्ता सिंहले भने ।
यसअघि प्रहरीले कन्चनपुरबाट सार्वजानिक पद धारण गरेको एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *