काठमाडौं । आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे (प्रणयदिवस) । प्रेम गर्नेहरुका लागि विशेष दिन मानिन्छ । भ्यालेन्टाइन डे लाई आजभोली नेपालीकरण गरेर प्रेम दिवस वा प्रणय दिवस भनेर पनि चिनिन्छ । हुन त यो पश्चिमा संस्कृति हो । नेपालमा यो दिवस मनाउन थालिएको केही दशक मात्र भएको छ । तर प्रेम त प्रेम हो । त्यसलाई कुनै भूगोलले फरक पार्दैन कुनै संस्कृतिले फरक पार्दैन । प्रेम जतिबेला जोसँग पनि हुन सक्छ । प्रेमको भाव खुलाउन विशेष दिन कुर्नै त पर्दैन तर पनि प्रेमिकालाई प्रेम प्रस्ताव राख्न, विवाह प्रस्ताव राख्न आजको दिनलाई विशेष मानिन्छ ।
भ्यालेन्टाइन्स डे के हो र कसरी सुरु भयो ?
फेब्रुअरी १४भ्यालेन्टाइन को रुपमा प्रख्यात दिन हो । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरिका थुप्रै देशहरूमा भ्यालेन्टाइन्स डे रूपमा मनाइन्छ ।
सबैले रमाइलो गरी मनाउने भ्यालेन्टाइन्स डेको पछाडि भने एउटा दुःखद् द इतिहास लुकेको छ, जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ । भ्यालेन्टाइन को हुन् ? र उनको के योगदानले गर्दा यो दिनलाई विशेष रूपमा मनाउन थालियो भन्ने कुरामा भने थुप्रै विचारहरू भेटिएका छन् ।
खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’
तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।
जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।
जेलमा हुँदा भ्यालेन्टाइनको पनि जेलरकि छोरीसँग प्रेम बस्छ । आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’
राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइन डे मनाउन सुरु गरे ।




