राजनीति

अदालतलाई प्रधानमन्त्री ओलीको चेतावनीः ‘देशलाई अस्थिरतातर्फ लैजाने निर्णय नगर’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना गरेर देशलाई अस्थिरतातर्फ लैजाने निर्णय नगर्न सर्वोच्च अदालतलाई चेतावनी दिएका छन् । बुटवलको आज बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै केपी शर्मा ओलीले संसद पुनर्स्थापना भए देश अस्थिरतातिर जाने भन्दै अदालतले त्यसो नगर्ने बताएका छन् । उनले भने, ‘देशलाई अदालतले अस्थिरतातिर फर्काउने छैन भन्ने विश्वास छ ।’

ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताए । धारा ७६ (१) को प्रधानमन्त्रीले ७६ (७) बमोजित संसद विघटन गरेको र यो संविधानसम्मवत भएको उनले दाबी गरे । संसद पुनर्स्थापना भयो भने कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने उनले बताए । उनले अघि भने, ‘अब सोझै जनतामा जनादेशमा जानुपर्छ ।’

‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।’

केपी ओलीले प्रचण्ड-माधव समूहतर्फ संकेत गर्दै कसको पक्षमा जनता छन् भन्ने मतदानबाट गनौंला भनेका छन् । आफ्नो पार्टीले प्रत्यक्षतर्फ बहुमत र समानुपातिकतर्फ ५० लाख मत ल्याउने दाबी गर्दै ओलीले भने, ‘त्यो घटाएर देखाए भयो नि ।’

जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवल आउनुस्
आज बुटवलमा आयोजित सभामा प्रधानमन्त्री केपी ओलीले दाहाल नेपाल समुहका अध्यक्ष पुष्प कमल दाहाललाई जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् । देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उनने भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।’ नेकपाको प्रचण्ड-माधव र ओली समूहबीच कसको आसमभा ठूलो भन्ने जुहारी कायमै राखेका छन् ।

२८ माघमा काठमाडौंमा भएको जनसभामा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसमभा कस्तो हुन्छ देख्नुभयो भनेर प्रश्न गरेका थिए ।

उसो त कसको ठूलो आससभा भन्ने जुहारी प्रधानमन्त्री ओलीले सुरु गरेका थिए । संसद विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले ९ माघमा आमसभा गरेकै दिन ओलीले आमसभा कस्तो हुन्छ २३ गते देखाउने बताएका थिए । घोषणा अनुसार ओली समूहले २३ माघमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *