काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि (सोमबार) पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलनभन्दा पनि सञ्चारमाध्यमसँग छलफल गर्ने ओली निकट स्रोतले संकल्प खबरलाई बतायो ।
दोस्रो पटक आफू प्रधानमन्त्री भएको तेस्रो वर्ष पूरा भएको अवसर पारेर प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग छलफल गर्न लागेका हुन् । कार्यक्रममा सरकारले ३ वर्षमा गरेका कामबारे सञ्चारकर्मीलाई बोलिविस्तार लगाइने छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको अवस्थाका बारेमा पनि जानकारी दिइने बताइएको छ । समाचारस्रोतका अनुसार ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रामबहादुर थापालगायतले ओलीको सम्वोधनको तयारी गरिरहेका छन् ।




