आजका पत्रपत्रिकामा नागरिक दैनिकले नेकपा नेतृ रामकुरमँी झाँक्रिलाई प्रहरील् प्रकाउ गरेकोबारे मुख्य खबर छापेका छन् । राज्यविरुद्धको अपराधमा उनलाई पक्राउ गरिएको हो । बिहिबार दिउँसो प्रकाउ परेकि झाँक्रि साँझ पतिको रोहवरमा छुटेकि थिइन् ।
नागरिक दैनिकले आजको सम्पादकियमा पनि स्वच्छाचारी गिरफ्तारी शिर्षकमा प्राथमिकताको साथ छापेको छ ।
पहिलो पृष्ठमा रामकुमारी पक्राउ शिर्ष नेता तर्साउन शिर्षकमा मुख्य समाचार छापेको छ। झाँक्रीको पक्राउपछि अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार अनुदार भएको टिप्पणी भइरहेको छ। झाँक्रीको पक्राउलाई लिएर सबैजसो राजनीतिक दलले सरकारी रबैया अव्यिक्ति स्वतन्त्रताप्रति कठोर देखिएको भन्दै आलोचना गरेका छन्। झाँक्रीलाई पक्राउ गरेर सरकारले शीर्ष नेताहरूलाई तर्साउन खोजेको आरोपसमेत लागेको छ। ‘झाँक्रीको पक्राउ सामान्य विषय होइन। यसले अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी अंकुश देखाएको छ भने शीर्ष नेताहरूलाई समेत तर्साउन खोजेको आभास हुन्छ तर यस्तो रबैया धेरै दिन टिक्दैन’, नेकपाका एक उच्च नेताले भने।
अन्नपूर्ण पोस्ट्ले म्याद सकिएको औषधीलाई नयाँ मिति राखेर बेच्ने एक जना प्रकाउ परेका छन् । विराटनगरको हाम्रो फ्रेँडशीप औषधी पसलको संचालक विक्रम मण्डलले म्याद सकिएका औषधीमा नयाँ लेबल लगाएको बेचेको आरोपमा पक्राउ परेका छन् । उनले एउटा रोगको औषधीमा अर्कैको लेबल लगाएको,म्याद सकिएपछि नयाँ मिति राखेको तथा कोरोना संक्रमितलाई दिइनेरेम्डेसिभरका नाममा नक्कली औषधी समेत बेचेका छन् । उनलाई प्रहरीले प्रकाउ गरेर थप अनुसन्धान गरिरहेको छ ।
राजधानी दैनिकले भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधमफिर्ता शिर्षकमा मुख्य खबर छापेको छ । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति (भीआईपी) ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ । गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो ।
त्यस्तै अब कर्मचारी र जनप्रतिनिधिलाई पनि खोप राजधानी दैनिकले अर्को बर छापेको छ । खोपको तेस्रो चरण फागुन २ गतेदेखि सुरु हुँदै छ जसमा दुई फागुनदेखि आठ फागुनसम्म कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिइने भएको छ । जसमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




