काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार निवेदकले जवाफी बहस गर्नेछन् । सभामुख अग्नि सापकोटाको तर्फबाट बहस सकिएसँगै आइतबार निवेदनकले जवाफी बहस गर्ने भएका हुन् । त्यसपछि एमिकस क्युरीले राय सुझाव प्रस्तुत गर्नेछन्।
कानुन व्यावसायी श्रीकृष्ण सुवेदी, श्यामकुमार खरेल र लव मैनालीले आज विहीबार सभामुख सापकोटाको तर्फबाट संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनमा बहस गरेका थिए।
सभामुख पक्षले संसदले प्रधानमन्त्रीलाई असहयोग नगरेको, संविधानमा बाध्यात्मकमात्रै विघटन भएको, बहुमतको प्रधानमन्त्रीले विघटन गर्न नपाउने, धारा ७४ संसदीय व्यवस्था मात्र होइन बहुलवादमा आधारित समेत भनिएको लगायतका तर्क गरेका थिए।




