काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले नेतृ रामकुमारी झाँक्रीलाई निसर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै अभिव्यक्ति दिएकै आधारमा पक्राउ गर्नु खेदजनक भन्दै सरकारको कदमको विरोध गरेको छ ।
लोकतन्त्रमा कुनै पनि व्यक्ति र संस्था आलोचनाभन्दा माथि नहुने भन्दै राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु दृष्टिभ्रम भएको विज्ञप्तिमा जनाइएको छ ।
सरकारको यो कदमलाई नेकपाले स्वेच्छाचारी र निरंकुश कदम भन्दै सर्वसत्तावादी चरित्र उदांगो भएको उल्लेख गरेको छ ।





