रिबन

संसद् विघटन विरुद्ध कांग्रेसः आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार

आजका पत्रपत्रिकामा बुधबार राजधानीमा नेकपा दहाल नेपाल समूहले गरेको शक्ति प्रदर्शन र त्यसका क्रममा भएका भाषण लगाएत अन्य विषयले प्राथमिकता पाएका छन् । नागरिक दैनिकले प्रदर्शनको खबरलाई मुख्य बनाएको छ । तस्वीरसहित छापिएको समाचारमा भनिएको छ, दाहाल नेपाल सभाको तीन सन्देशः लोकतन्त्र संविधान र स्वतन्तत्रा रक्षा शिर्षकमा मुख्य खबर छापेको छ । बुधबारको आमसभामा दाहाल नेपाल पक्षले दिएको सन्देशलाई नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ

राजधानी दैनिकले बुधबारकै प्रदर्शनलाई मुख्य खबर बनाएको छ भने अन्य खबरलाई पनि पहिलो पृष्ठमा प्राथमिकता दिएको छ । ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउने आदेश शिर्षकमा खबर छ । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो ।
त्यस्तै संसद् विघटन विरुद्ध कांग्रेसः आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार शिर्षकमा अर्को खबर छापेको छ । लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ ।
अन्नपूर्ण पोस्ट्ले अख्तियार अझ शसक्त बनोस् शिर्षकमा समाचार छापेको छ । राष्ट्रपतिले अख्तियार स्थापना दिवसको अवसरमा बोल्दै अख्तियार दुरुपयोग आयोगलाई अझै शसक्त रुपले अगाडी बढ्ने विश्वास व्यक्त गरेकि छिन् ।
त्यस्तै आन्दोलनकै समाचार पहिलो पृष्ठमा छ भने विराटनगरमा शौच गएकि बालिका सामुहिक बलात्कारमा परेको खबरलाई पनि पहिलो पृष्ठमा छापेको छ । राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्केकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *