आजका पत्रपत्रिकाहरुमा प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेकोदेखि बजेटको आकार घटेकोबारे मुख्य मुख्इ खबर छ ।
नागरिक दैनिकले सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको खबरलाई पहिलो पृष्ठमा छापेको छ भने ओली अस्त्र दल फुटाउने अध्यादेश शिर्षकमा समाचार छ । निर्वाचन आयोग पुगेर सुर्य चिन्हको प्रयोग गर्ने अधिकार आफूमा मात्र भएको दाबी गरेका केपी ओलीले दल फुटाउन अध्यादेश ल्याउन लागेको अनुमान नागरिक दैनिकले गरेको छ । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले अब अध्यादेशको बाटो रोज्ने अवस्था देखिएको छ । प्रधानमन्त्री ओलीले मंगलबार नै राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेका हुन् ।
अन्नपूर्ण पोस्ट्ले केपी शर्माकै बारेमा पहिलो पृष्ठमा समाचरा छापेको छ । मंगलबार विहान निर्वाचन आयोग पुगेका ओलीले आयोगलाई दलको विवादमा नछिर्न भनेका छन् ।
प्रधानमन्त्री ओलीले आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर आयोगमा गरे।
‘म एउटै दलको संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री भएको थिएँ। पुस ५ गते मेरो सिफारिसमा प्रतिनिधिसभा विघटन हुँदासम्म मेरो त्यो हैसियत कायमै थियो,’ ओलीले आयोगका पदाधिकारीसँग भने, ‘पहिलो अध्यक्ष हुँ। मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन। केही मान्छे बाहिरिएको हो। अहिले आएर विवाद गर्न मिल्दैन।’
रिबन




