समाचार

काम चलाउ ओली सरकारको दूरगामी निर्णय, अन्य राजनीतिक दल मुकदर्शक

काठमाडौं । आउँदो बैशाखमा चुनाव घोषणा गरेर काम चलाउ बनेको ओली सरकारले एकपछि अर्को दूरगामी प्रभाव पार्ने निर्णय धमाधम गरिरहेको छ । पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णय यसको ज्लान्त उदाहरण हो ।

मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले माघ १९ र २६ गते बसेका मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारले सामाजिक सञ्जालमा देखिएको छाडा एवं उत्तेजक प्रवृत्तिलाई नियमन गर्न भन्दै निर्देशिका ल्याउन लागेको बताए ।

मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रताको नाममा हुने लोकतान्त्रिक शासन पद्धतीमाथिको प्रहार, हिंसा फैलाउने र देशलाई मुठभेडतर्फ धकेल्ने अभिव्यक्तिबाट भइरहेको विकृति रोक्न सरकारले यस्तो कदम चाल्न लागेको बताए ।

दुई चरणको चुनाव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्तिलाई विभिन्न निर्णय सरकारले गरेको छ ।

हेर्नुस् निर्णय

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/02/10-19-10-26.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *