रिबन

सुरु भो ओली–बादल टकराव, युवा संघको बैठक बादल पक्षद्वारा बहिष्कार

काठमाडौं । प्रचण्डलाई छाडेर केपी ओली समूहमा पुगेका गृहमन्त्री रामबहादुर थापा बादल खेदाउ अभियान सुरु भएको छ । जसको पहिलो सुरुवात युवा संघबाट थालिएको छ ।

नेकपा ओली समूहमा अहिले महेश बस्नेतको दबदबा छ । उनकै पहलमा बचनबहादुर सिंहलाई अध्यक्ष बनाइएको छ । युवा संघको अध्यक्षमा रमेश पौडेलको दाबी थियो । ओली पक्षले एकलौटी गरेपछि सोमबारको संघको बैठक बादल समूहले बहिष्कार गरेको थियो । बादल पक्षका ८० केन्द्रीय सदस्यले बैठक नै बहिस्कार गरेका थिए ।

माघ २५ र २६ गते काठमाडौँमा भएको संघको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । एमाले र माओवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखा प्रचण्ड–माधव पक्षमा लागेपछि उनलाई हटाएर ओली पक्षले सिंहलाई अध्यक्ष चयन गरेको हो ।

नेतृत्व चयन विषयलाई लिएर रमेश पौडेललाई बिदा गरिएको छ । रमेश पौडेललाई अध्यक्ष बनाउनुपर्ने भन्दै पौडेल समूहले विवाद गरेपछि बैठक स्थलमा हानाहान भएको थियो ।

युवा संघका इञ्चार्ज महेश बस्नेतसहितको अध्यक्ष मण्डलले उमेर हदका कारण पौडेललाई बिदा गर्ने निर्णय सुनाएपछि विवाद भएको थियो । युवा संघ र वाईसीएल एकीकरण हुनुअघिका अध्यक्ष तथा एकीकरणपछिका सहसंयोजक पौडेललाई अध्यक्ष बनाउनुपर्ने पौडेल पक्ष युवाको जोड थियो ।
युवा संघमा सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा एकलौटी गरेको आरोप बादल पक्षका युवाको छ । सो बैठकमा बादल समूहका युवाहरु सहभागी समेत भएनन् ।

अध्यक्ष– बचनबहादुर सिंह
सहअध्यक्ष– किरण पौडेल
उपाध्यक्ष– सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईँ, तिरण गौतम र सुमन पुरी

महासचिव – रमेश आचार्य
उपमहासचिव – रामजी सापकोटा र रमेश तिवारी
सचिव – सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, चन्द्र दाहाल, तुल बहादुर अधिकारी, सुमन बुढा, प्रकाश लामिछाने, मदन भण्डारी, रमेश पौडेल, रविन्द्र लम्साल, सम्राट गौचन, गोविन्द्र बस्नेत, हरि लम्साल, अमित पौडेल, महेन्द्र गुरुङ, खिल बहादुर राना, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरि त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम, सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा र राकेश राई
कोषाध्यक्ष – मुकेश बुढाथोकी
सहकोषाध्यक्ष – राकेश लामा र हिमेश केसी
निर्वाचन आयोग प्रमुख – बाबुराम पाण्डे
लेखा आयोग प्रमुख – सुदीप सापकोटा
लेखा आयोग उपप्रमुख – प्रल्हाद प्रधान

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *