काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । बिहान ११ बजे ओली आयोग जाने तयारी भएको नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
प्रधानमन्त्रीले निर्वाचनको तयारी नेकपाभित्रको विवादलगायत विषयमा आयोगमा छलफल गर्नेछन् ।
आयोगले यसअघि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बोलाएको थियो । तर, दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए भने प्रचण्ड आफ्नो पक्षको आधिकारिकता दाबी गर्न पत्रसहित पुगेका छन् । नेकपा दाहाल नेपाल समूह पटक पटक आयोग धाइरहेका छन् भने नेकपा ओली समूहका अध्यक्ष ओली भने विवाद सिर्जना भएपछि एकपटक पनि आयोग पुगेका छैनन् ।
आज आयोग पुगेर आफ्नो पक्षको आधिकारकिता दाबी गर्ने ओली समूहले जनाएको छ ।
आयोगले भने नेकपा नफुटेको र प्रचण्ड र ओली नै आधिकारिक अध्यक्ष भएको बताइसकेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन्




