आजका पत्रपत्रिकामा राजनितिक देखि सामाजिक आर्थिक विषयले पहिलो पृष्ठमा स्थान पाएका छन् । राजधानी दैनिकले देशमा रेमिट्यान्स धेरै भित्रिएकोमा चासो राखेको छ भने नागरिक दैनिकले दाहालनेपाल समूहको काठमाडौंमा हुने प्रदर्शनबारे पहिलो पृष्ठमा छापेको छ ।
नागरिक दाहाल–नेपाल समूहले भोली दुई लाख मानिस उतार्ने
शिर्षकमा लेख्छ, (नेकपा) दाहाल–नेपाल समूहले माघ २८ गते दुई लाख मानिसबीच विशाल सभा गर्ने भएको छ। ‘हामीले राजधानी आसपासबाट मात्रै डेढ लाखभन्दा बढी मानिस उपस्थित हुने आँकलन गरेका छौं,’ संघर्ष समितिका एक सदस्यले भने। उनका अनुसार सबै जिल्ला कमिटी र जनवर्गीय संगठनहरूले व्यापक तयारी गरेका कारण मानिसहरूको उपस्थिति सहज हुनेछ।
त्यस्तै विघटनमा अन्तराष्ट्रिय अभ्यासको फितलो तर्क शिर्षकमा सर्वोच्च अदालतमा चलिरहेको संसद् विघटन मुद्धामा सरकारी पक्षको बहसबारे समाचार लेखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपछाडि अन्तर्राष्ट्रिय अभ्यासलाई जोड्दै आएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलेको मुद्दामा विघटनका पक्षधर वकिलहरूले संविधानको व्यवस्थामा नटेकीकनै संसद् विघटन भएको एउटा पनि गतिलो अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्न सकेका छैनन्।
अन्नपूर्ण पोस्ट्ले गरिब रुवाउँदै मिटर व्याजी शिर्षकमा मुख्य खबर छापेको छ । महोत्तरीका सुरज मण्डलकि सासुले सय कडा ३ व्याज दिने गरी गाउँकै महाजन अनुरुद साहसँग ५० हजार लिएर कपाली तमसुकमा ल्याप्चे लगाइन् । तर द्ध महिना पद्धि ७० हजार रुपैयाँ ऋण तिर्न लिएर जाँदा तिर्नुपर्ने १२ लाख १८ हजार ९ सय ९० रुपैयाँ भइसकेछ। यस्तो सुनेर उनी चकित परिन्। हिसाब बुझाउँदै अनुरुदले ९ लाख ९० हजार साँवा र २ लाख २८ हजार २ सय ५० रुपैयाँ ब्याज भनेपछि उनको होसहवासै उड्यो। अनुरुदले गरेका ठगीको यो एउटा प्रतिनिधि घटना मात्रै हो। उनले महोत्तरी, धनुषा र सर्लाहीका दर्जनौं गाउँका सयौं गरिबलाई रुवाएका छन्। थोरै ऋण दिएर २० गुणासम्म कर्जा दिएको कपाली तमसुक बनाई करोडौं ठगिसकेका छन्। उनले यस्तो धन्दा चलाउन थालेको १५ वर्ष बितिसक्यो।
राजधानी दैनिकले ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, रोजगारीमा जाने भने घटे शिर्षकमा समाचार लेखेको छ । चालु आर्थिक वर्ष २०७७र७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’मा उल्लेख भएअनुसार समीक्षा अवधिमा रेमिट्यान्स दर ११ दशमलव १ प्रतिशतले बढेको छ ।




