रिबन

थप १ सय ३० मा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ९४ जना संक्रमित निको भएका छन् । हाल कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या २ हजार ४५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ सय ४४ जना रहेको छ । ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *