राजनीति

‘ओली डिफेन्सिप भइसके’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली डिफेन्सिप (रक्षात्मक) भइसकेको बताएका छन् । शिक्षकहरुको भेलामा बोल्दै प्रचण्डले भने, ‘ओलीको सभामा उनकै सुरक्षाकर्मीले ३०–३५ हजार मात्र सहभागी रहेको जानकारी दिएपछि अहिले डिफेन्सीप भएका छन् ।’

माघ २३ गते आयोजित सभालाई संकेत गर्दै उनले ओली रक्षात्मक भएको बताएका हुन् । २३ गते ओलीले आयोजना गरेको कार्यक्रमको स्थिति बिजोग भएको भन्दै उनले ओलीको पक्षमा जनता नभएको बताए । जनता जहिले पनि अग्रगमनको पक्षमा हुने भन्दै उनले प्रतिगमनको पक्षमा जनता नरहेको दोहोर्याए ।

अहिलेको लडाई अग्रगमन र प्रतिगमनबीचकै भएको भन्दै उनले आफूहरु जनतासित नजिकएको बताए ।

शिक्षक बौद्धिक हुने भएकाले ओली सधै डराउने, तर्सिने भन्दै प्रचण्डले ओलीले सधैं पार्टीमा शिक्षकलाई अघि बढाउने काममा बाधकको भूमिका खेलेको आरोप लगाए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद बैठकको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अहिले आएर ओलीले म्यादी प्रहरी जसरी केन्द्रीय समितिमा भने शिक्षकलाई राखेको बताए ।

शिक्षकहरु न्याय, सत्य र प्रगतिको पक्षमा हुने भएकाले ओली जहिले पनि शिक्षकसित डराउने गरेको उनको भनाइ छ । अहिलेको लडाई अग्रगमन र प्रतिगमनबीचकै भएको भन्दै उनले आफूहरु जनतासित नजिकएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *