समाचार

आजबाट पत्रकारलाई कोरोना खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप पत्रकारलाई उपलब्ध गराउने भएको छ।
आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट अन्य समूहलाई लगाउने तयारी भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि पाँच दिनसम्म अग्रपंतिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए। उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउनुपर्ने बताएका छन्।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण अनुसारको खोप सचिवालयमा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ। यस्तै पत्रकार महासंघको सदस्य वा महासंघले सिफारिस गरेका पत्रकारले पनि खोप लगाउन पाउनेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *