काठमाडौं । काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ । बिहान घामले तातेको उपत्यका वर्षासँगै चिसो बढेको छ । देशका अधिकांश क्षेत्रको मौसम बदली रहेको र पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी भेगमा हिमपात भएको छ भने हिमाली भेगमा भारी हिमपात भएको छ । पश्चिमी वायुको प्रभाव सुदूर पश्चिम तथा मध्य पश्चिम केही कम भएको छ । पूर्वी भू–भागमा पूर्ण बदली रहने तथा बाँकी क्षेत्रमा सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड प्रवेश द्धारमा परेको हिमपात । बिहीबारदेखि हिमपात भइरहेको खप्तडमा करीब दुई फिट हिमपात भएको छ । तस्वीरः विमलबहादुर विष्ट



























